Comments Add Comment

Advertisment

SKIP THIS

बालविवाह विरुद्ध दुईतिहाइ मत

१४ मंसिर काठमाडौ । बाजुरामा बालविवाह रोक्न पछिल्लो समय विभिन्न रचनात्मक कार्यक्रम हुँदै आएका छन् । बाजुराको बढीगंगा नगरपालिका–४ मा बालविवाहविरुद्ध मतदान नै गराइएको छ ।

‘सबै जुटौ बालविवाह रोकौँ’ भन्ने मूल नाराका साथ बालविवाह अन्त्य गर्न वडामा मतदान गरिएको हो । बुढीगंगा नगरपालिकाको समन्वय तथा पीस विन र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा थुमा माध्यमिक विद्यालयको आयोजनामा मतदान गरिएको वडा अध्यक्ष रामबहादुर कटुवालले बताए ।

बालविवाहविरुद्ध पक्ष र विपक्षको निर्वाचन भएको थियो । जसमा बालविवाह गर्न हुने र नहुने विषयबस्तु तथा चित्रसहित मतपत्र थियो । बालविबाहविरुद्ध पक्ष र विपक्षमा वडाभित्रका अभिभावक र विद्यार्थीले मतदान गरेका थिए ।

थुमा माध्यमिक विद्यालयको प्रांगणमा भएको मतदानमा दुई सय ८० मत खसेको थियो । करिब ९८ प्रतिशतले बालविवाहविरुद्ध मतदान गरेको निर्वाचन अधिकृत तथा थुमा माध्यमिक विद्यालयका प्रअ पूर्णबहादुर खातीले बताए । बालविवाहको विपक्षमा दुई सय ८० र विपक्षमा जम्मा १४ मत परेको थियो । चार मत भने बदर भएको थियो ।

वडाध्यक्ष कटुवालले आफ्नो वडामा बालविवाह अन्त्य भए नभएको मतको परिणामले संकेत गरेको बताए । बालविवाह गर्न नहुने पक्षमा अत्यधिक मत परेकोमा उनले खुसी व्यक्त गरे ।

कटुवालले अब बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी थाल्ने बताए । पीस विन बाजुुरा र गुड नेवर्स इन्टरनेशनल नेपालको बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रमले राम्रो परिणाम निस्केको उनले बताए । ‘जनचेतनामुलक कार्यक्रमले वडाका किशोर, किशोरी, अभिभावकहरू धेरै सचेत भइसकेका छन्, अब छिट्टै बालविवाहमुक्त वडा घोषणा गर्न तयारीमा लाग्नेछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment