राजधानीमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ललितपुरबाट मिलन र विजय पक्राउ -
Comments Add Comment

राजधानीमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ललितपुरबाट मिलन र विजय पक्राउ

काठमाडौँ । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भएर ललितपुर बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने २८ वर्षीय विजय लामा छन् ।

२०८० फागुन १७ मा उनीहरुले काठमाडौँ–३२ कोटेश्वरस्थित केएलसी क्लव अगाडि राजन बरुवाललाई अङ्गभङ्ग हुनेगरी कुटपिट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

उनीहरु ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मी स्थानबाट पक्राउ परेका हुन् । मिलन पटक–पटक अपराधमा संलग्न रहेको भेटिएको छ । उनीविरुद्ध २०७३ फागुनमा ललितपुर प्रहरीले जुवासम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्ड भेटिएको छ ।

उनीविरुद्ध बानेश्वर प्रहरीले २०७४ पुसमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । प्रहरी वृत्त महाराजगन्जले उनीविरुद्ध अभद्र व्यवहार, गौशाला प्रहरीले अभद्र व्यवहार तथा डाँका चोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्डबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै