Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकामा एमाले र काँग्रेसका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

१० वैशाख , काठमाडौ । तारकेश्वर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको ताती दिनानु दिन बढेदै गएको छ ।

  • एक्लै चुनाव जित्ने माओवादी नेताहरुको दाबी

सोमबार काठमाडौँको तारकेश्वरमा नगर कमिटीद्धारा नयाँ वर्ष २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वडा नं ११ को कार्यलय उद्धघाटन कार्यक्रममा एमाले र काँग्रेसबाट नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुलाई माओवादीका चुनावी कमाण्ड इन्चार्ज हिमाल शर्माले स्वागत गरेका थिए भने प्रवेश गर्नेहरुमा अमृतमान महर्जन, सन्दिप महर्जन, हरि शरण अधिकारी, सलिना आचार्य, सुनिल क्षेत्री, कुमार न्युधिन थिंग रहेका छन् ।

उक्त कार्यक्रममा स्थानीय जनसमुदाय तथा पार्टीका व्यक्तिहरु सहभागी भएका थिए । साथै विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने जनसमुदायलाई हिमाल शर्माले समेत स्वागत गरेका जानकारी ताकेश्वर संवाददाताले बताएका छन् । जनताले माओवादी पार्टी नै आफ्नो पार्टी भएको महसुस गरेको स्थानीय नेताहरुको दाबी छ ।

सम्मान जनक गठबन्धन नभए माओवादी केन्द वडा नं ११ आफ्नै बलमा जित्न समेत सक्षम रहेको सचिव दिपक पाठकले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दिपकराज गिरी माओवादीमा प्रवेश

Advertisment

छुटाउनुभयो कि? सबै

दिपकराज गिरी माओवादीमा प्रवेश