Comments Add Comment

Advertisment

SKIP THIS

सरकारद्वारा १० प्रकारका सामान नेपाल भित्र्याउन

१४ बैशाख , काठमाडौं । सरकारले १० प्रकारका सामानहरु असार मसान्तसम्मका लागि नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन ९३२ इञ्चभन्दा माथिका०
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै