Comments Add Comment

Advertisment

SKIP THIS

बालेनले पठाए पूर्वाधार मन्त्री महासेठलाई एक ट्रक धुलो ‘उपहार’

१२ जेठ , काठमाडौ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार  पठाएका छन् ।  उनले शनिबार महासेठलाई एक ट्रक धुलो उपहार पठाएका हुन् ।

बालेनले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धुलो पठाएको कुरा सार्वजनिक गरेका छन् ।

भिडियो : बालेन साहको फेसबुकबाट

जबसम्म काम अगाडि बढ्दैन तबसम्म हरेक दिन महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने समेत बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

उनले लेखेका छन् -माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !

तपाईँको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।

काठमाडौँमा हुने आधा भन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुवाँधुलो खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै