५ चैत , काठमाडौ । पारिवारीक कलह तथा आपसी विवादले चरम रुप लिएपछि माईत आएकी आफ्नै श्रीमतिलाई आफुसँग लान नक्कली प्रहरीको सहयोग लिने पाँचखपन नगरपालिका वडा नम्बर ४ घर भई ललितपुर बस्ने वर्ष ३४ को रमेश कुमार तामाङ र प्रहरी नायब निरीक्षकको नक्कली पोशाक लगाई उक्त कार्यमा सहयोग गर्ने पाँचखपन नगरपालिका वडा नम्बर ४ बस्ने अर्जुन तामाङलाई पक्राउ गरेको छ ।

रमेश तामाङले काठमाण्डौबाट भाडामा प्रहरीका ४ जोर चुस्ता र बुट तथा ४ जान मानिसलाई खाँदबारी ल्याई रातको ११स्१५ बजे प्रहरी बनाई ससुराल पठाई श्रीमति प्रमिला कम्मरसार्कीलाई हामि प्रहरी हौ तपाईको श्रीमानले आत्मह हत्या गरेका छन् ।
लिन आएकोू भनि नजिकको जंगलमा पुर्याई निज अर्जुन तामाङलाई जिम्मा दिए पश्चात अर्जुन तामाङले आफुसँग नगए मार्ने र आफु पनि मर्ने भन्दै डोरिले बाँध्ने तथा हाल खुट्टा समेत वाँधी ज्यान मार्ने नियतले कार्य गरेको हुदाँ पक्राउ परेका दुबै जना लाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भईरहेको तथा अन्य ३ जना फरार नक्कली प्रहरीको खोजीकार्य जारी रहेको जानकारी आएको छ ।


