Comments Add Comment

Advertisment

SKIP THIS

तिम्रो मुहार खुसी भएको रहेछ

तिम्रो मुहार खुसी भएको रहेछ मलाई थाहा भयो
अव हाम्रो मिलनको समय पनि नजिक आयो ।।

तिमिलाई सम्झेर बसेको थिए म पनि
तिमिलाई विश्वास गरेको छु मैले पनि ।
मन देखि माया गरेको छु दिलको मान्छे ठानी
माया हाम्रो पवित्र छ यो कुरा जानी ।।।

कल्पना गर्छु मैले तिम्रो बारेमा सोच्ने गर्छु
किन आशु झर्‍यो आँखाबाट रोक्न खोजेको छु ।।
तिमिसँग बसेर भए पनि चित बुझाउँनेछु
मनबाट खुसी भएका कुराहरू तिमिलाई सुनाउँछु ।।।

हार मात्र होइन जीवन जितेर देखाउनु छ
जीवनका कथाहरू लेखेर राख्नु छ ।
यो जिन्दगीका लक्ष्यहरू पुरा गर्नु पर्नेछ
यी मेरा नयनहरूमा तिमिलाई राख्नु छ ।।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै