Comments Add Comment

Advertisment

SKIP THIS

भोजपुरका पर्यटकीय स्थल ओझेलमा पर्दै

२१ साउन , काठमाडौं । भोजपुरका पर्यटकीय स्थलहरु पछिल्लो समय ओझेलमा पर्दै गएका छन् । प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन् ।

तत्कालिन समय डोली पैसा छापिएको टक्सार बजारदेखि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोद्धा योगमायाको भूमि भोजपुर पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । यहाँ ऐतिहासिक पर्यटकीय र धार्मिक गन्तव्य धेरै छन् । तर प्रायः ती स्थल गुमनाम छन् ।

ऐतिहासिक हतुवागढी र कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकास्थित हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी पनि ओझेलमा छन् । यहाँ आन्तरिक पर्यटक फाट्टफुट्ट रुपमा पुग्ने गरेपनि बाह्य पर्यटक भने अझै पुग्न सकेका छैनन् ।

योगमायाको तपोभूमि मझुवाबेँसी, भोजपुरको शिरमा रहेको प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोश्रो हलेँसी भनेर चिनिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत धार्मिक तीर्थस्थल पर्यटकको पर्खाइमा छन् ।

यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्के डाँडा, मैयुङ डाँडालगायत स्थल प्रसिद्ध छन् । बसाइसराई बढ्दै गएपछि यहाँको जनघनत्व कम हुँदै गएको छ ।

टेम्केमैयुङ–५ का लाक्पा शेर्पाले भने, ‘हाम्रो ठाउँमा धेरै पर्यटकीय क्षेत्र छन् । स्थानीय तह, प्रदेश र केन्द्रको ध्यान पर्याप्त रुपमा पुग्न सकेको छैन ।’ सडक मार्ग तथा अन्य विकास नहुँदासम्म ती स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन कमै हुने उनको भनाइ छ ।

विसं २०६८ मा भोजपुरको जनसङ्ख्या एक लाख ८२ हजार ४५९ थियो । विसं २०७८ मा जनसङ्ख्या घटेर एक लाख ५८ हजार ९९१ पुगेको छ । आवश्यक पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको स्थानीय अजय राईको भनाइ छ । ‘घुम्न आउनेको संख्या न्यून छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै