५ आश्विन , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज दोहोरो अंकको सुधार देखिएको छ ।

साताको कारोबारको सुरुवातदेखि नै निरन्तर गिरावट भइरहेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ४८ दशमलब ८२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा ७२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।