Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीका डिएसपी तथा चर्चित लेखक मिम लामाको नयाँ गित ‘तिमी छौ र म छु’ सार्वजनिक

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा नेपाली गीत संगीतमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेका चर्चित कथा, कविता, गित लेखक मिम लामाको नयाँ गित ‘तिमी छौ र म छु’ सार्वजनिक भएको छ ।

मिम लामाको आफ्नै शब्दमा फरक प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियो उनको आफ्नै युटुब च्यानलबाट आज सार्वजनिक भएको हो ।

गायक सुरेश लामा र गायिका केशङ लामाको स्वरमा रहेको उक्त म्युजिक भिडियोमा समीप निरौला र शिला क्षेत्रीले अभिनय गरेका छन् ।

उक्त गितको म्युजिक भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी हुन् भने संगीत संयोजन दिपक राज विश्वकर्मा, भिडियो छायाकन राम के.सि. लगायतका टिमले गरेका हुन् । मिम लामाले यस अघि ल्याएका हरेक गितहरुले राम्रो सफलता हात परेका छन् । यो गितले सफलता प्राप्त गरोस शुभकामना ।
भिडियो हेर्नुहोस्….

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै