Comments Add Comment

Advertisment

SKIP THIS

बैतडीमा जिप दुर्घटना हुँदा १ जना घाइते

२८ जेठ , काठमाडौं । बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।

मेलौलीबाट पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । घाइतेको परिचय खुलेको छैन ।

खोलामा हालिएको साँघुरो पुलबाट गाडी खस्न गई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै