Comments Add Comment

Advertisment

SKIP THIS

टी–ट्वान्टी सिरिज : नेपाल जिम्बावे ‘ए’ सँग खेल्दै

१९ बैशाख , काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुँदैछ ।

पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने दाउमा छ । सिरिज जोगाउन नेपालका लागि आजको खेलमा जित निकाल्नु पर्ने अवस्था छ । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सिरिजका बाँकी खेलमा सहज जित निकाल्दै सिरिज जित्ने योजना रहेको बताए । हिजोको खेलपछि सन्दीपले आफूहरु राम्रो कमब्याक गर्ने योजना भएको बताए । ‘हामी कमब्याक गर्नेछौं । एक खेलले मात्र सिरिज जित हारको छिनोफानो हुँदैन । अब दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्नेछौँ,’ सन्दीपले भने । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यता, जिम्बावे ‘ए’ पनि बलियो टोली हो । जिम्बावे ‘ए’ नेपाललाई हराएर सिरिज जित्ने योजनामा छ । आजको खेल जितेमा जिम्बावे ‘ए’ ले सिरिज आफ्नो नाममा बनाउने छ । टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो र तेस्रो खेल बुधवार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै