Comments Add Comment

Advertisment

SKIP THIS

जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि. को चौर्धौ बार्षिक साधारण सभा बालाजुमा सम्पन्न

१२ असोज , काठमाडौ । काठमाडौ महानगरपालिका १६ बालाजु स्थित रहेको जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि को चौर्धौ बार्षिक साधारण सभा आज गोरखा प्यालेस बालाजुमा सम्पन्न भएको छ ।

जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि को चौर्धौ बार्षिक साधारण सभामा  १०९ चोटि रक्तदान गर्दै आउनु भएको राम देबी श्रेष्ठलाई सम्मान गरेको थियो ।

उक्त जीबन रक्षा बचत तथा ऋण सहकारी सस्थाको वार्षिक साधारण सभा सहित नया संचालक समिति समेत तय गरिएको छ संचालक समिति मध्ये सलीक़राम घिमिरे अध्यक्ष रहेको समितिमा उपाध्यक्ष-देवन्द्र कुमार श्रेष्ठ, सचिब-महेश राज रेग्मी कोषाध्यक्ष-सुदन थापा, सदस्यहरु हरि बिक्रम खड़का,नबीन अधिकारी ,बेद राज पौड़ेल रहेका छन । यसैगरी लेखा संयोजकमा सुदेश रेग्मी रहेका छन् ।

उपाध्यक्ष देबेन्द्र कुमार श्रेष्ठ यसो भन्छन् : सहकारी हामीले कमाउन का लागि खोलेका होईन हामिले सदस्यहरुलाई सेवा सुबिधा दु:ख परेका बेला मलम बनेर सहयोग गर्ने भनेर सहकारी खोलेको बताउछन् । अहिले देशमा पैसाको अभाव हुदा समेत हामीले कुनै पनि सदस्यलाई सस्थाबाट पैसाको अभाव महसुस गराएनौ । देबेन्द्र सस्थाको उपाध्यक्ष मात्र नभई समाजका एक अङ्ग हुन् उनले समाजमा परेकालाई सेवा र सहयोग पनि गर्दै आएका छन् ।

सस्थाले यस बर्ष निति तथा कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । जीबन रक्षा बचत तथा ऋण सहकारी सस्थाको निति तथा कार्यक्रमहरु क्रमश :

नियमित कारोवार आपसी विश्वास गुणात्मक सेवाबाट आर्थिक सामाजिक विकास भन्ने मुल नाराका साथ आगामी यस जीवन रक्षा वचत तथा ऋण सहकारी संस्था लि. को आगामी निति तथा कार्यक्रमहरु यस प्रकार रहेको छन् ।

१ सहकारी ऐन भित्र रहि सदस्यहरुलाई नियमित वचतमा वृद्धि गराउने ।

२ संस्थाको पुजी वृद्धिको लागी सदस्यहरु माझ विभिन्न रणनितिक कार्यहरु अवलम्बन गरी पुजी वृद्धि गरिने।

३ कर्मचारीको क्षमता वृद्धिको लागी विभिन्न तालिमहरुमा कर्मचारीलाई सहभागी गराउने ।

४ सदस्यहरुको लागी विभिन्न तालिमहरुको व्यवस्था गरी सानो पुँजी लगानीबाट व्यवसाय संचालन गरी आत्म निर्भर गराउने ।

५ आ।व। २०६०/०८१ को अन्त्य सम्ममा भाखा नाघेको ऋणहरुलाई शुन्यमा परिणत गर्ने ।

६ उत्कृष्ट सहकारी संस्थाहरुको अवलोकन भ्रमण गरि संस्थालाई गर्नुपर्ने र सिक्नुपर्ने सुधारका कामहरुलाई तदारुकताका साथ सम्पन्न गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment