Comments Add Comment

Advertisment

SKIP THIS

प्रेस सेन्टर काठमाडौंको तेस्रो अधिवेशनबाट अध्यक्षमा बराल निर्वाचित

१४ मंसिर , काठमाडौ । प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो अधिवेशनबाट अध्यक्षमा गोकर्ण बराल निर्वाचित भएका छन् ।

सोमबार राजधानीको प्रज्ञा भवनमा भएको अधिवेशनले बरालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जर्नादन शर्माले सम्मेलनको उद्घाटन गरेका थिए ।

उक्त सम्मेलनमा माओवादी केन्द्रका विशेष प्रदेश कमिटिका अध्यक्ष लेखनाथ न्यौपाने, काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेल, प्रेस सेन्टरका कार्यालय सदस्य मनोज घर्ती लगायतको उपस्थिती रहेको थियो ।

अध्यक्ष बरालसहित वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला, वुद्ध योन्जन र कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत रुपमा चुनिए ।

उक्त कार्यक्रममा प्रेस सेन्टर काठमाडौंका दिवंगत पूर्व अध्यक्ष गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रामकुमारी श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment