Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो बार्षिक साधारण सभा सम्पन्न !

५ माघ , काठमाडौ । माघ ४ गते मंगलबारका दिन नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष राजन प्रसाद दाहालज्युको सभापतित्व, प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य हेमराज ढकालज्युको प्रमुख आतिथ्यता एवं विशेष अतिथिमा उद्योग वाणिज्य महासंघ कार्य समिति सदस्य एवं नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, अतिथिहरुमा क्रमशः नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव प्रल्हाद दाहालको उपस्तिथि रहेको थियो ।

 बागमति प्रदेश सचिब गोपाल प्रसाद तिमिल्सिनाले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रदेश सदस्य एवं नवनिर्वाचित सचीव श्याम घिमिरेज्युले राख्नु भयो भने धन्यवाद ज्ञापन प्रदेश सदस्य एवं नवनिर्वाचित उपाध्यक्ष ध्रुव तिवारीज्युले राख्नु भयो । प्रमुख अतिथि ढकालले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गर्नु भयो भने सभापति एवं बागमती अध्यक्ष दाहालले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै अगाडि नै छलफल गरि भेलाबाट सर्वसम्मत चयन हुनु भएका काठमाडौं जिल्ला र बागमती प्रदेशको समितिको नाम बाचन गर्नु भयो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा केन्द्रिय सचिवालय सदस्य मनोज कुमार घिमिरेले हामी सबै मिलेर मात्र संगठन बलियो बनाउन सकिने कुरा बताउँदै प्रदेश समितिले आफ्नो जिम्मेवारी सफलता पुर्वक निभाएकोमा धन्यवाद दिनु भयो। निवर्तमान उपाध्यक्ष शन्तोष दाहालले हाम्रो आफ्नो पेशाको हकहितका लागि एसोसिएसनको महत्व अति नै भएको बताउनु भयो । 

अन्त्यमा निवर्तमान अध्यक्ष राजन दाहालले आफ्नो पद हस्तान्तरण गर्नु भयो भने नवनिर्वाचित अध्यक्ष टिका घिमिरेले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै कार्यक्रम सकियोको जानकारी गराउनु भयो । दिवा भोजसँगै कार्यक्रमको अन्त्य भयो ।

नव निर्वाचित बागमति प्रदेश समिति :

अध्यक्ष -टिका प्रसाद घिमिरे
उपाध्यक्ष गोपाल तिमल्सिना
उपाध्यक्ष ध्रुव तिवारी
सचिब श्याम कुमार घिमिर
कोषाध्यक्ष – सुदर्शन घिमिरे
सह सचिब – रबिन्द्र हुमागाईं
सह कोषाध्यक्ष -राजकुमार वाइबा
सदस्य-कुमार ढकाल
सदस्य -भानुभक्त श्रेष्ठ
सदस्य – ज्ञानराज लामा
सदस्य योगनाथ फुँयाल

नवनिर्मित काठमाडौ जिल्ला समिती :

अध्यक्ष :अजित बजगाईं
उपाध्यक्ष : लिलानाथ दहाल
सचिब : शिब प्रसाद तिमिल्सिना ( बिदुर )
कोषाध्यक्ष : अरुण महर्जन
सदस्य : चेतनाथ दाहाल ( केदार )
सदस्य बालकृष्ण न्यौपाने
सदस्य जयराम घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment