०५ जेठ , काठमाडौं । नेपाली अभिनेत्री सुरक्षा पन्त कान्सको रेड कार्पेटमा सहभागी भएकी छिन् ।

उनी बुधबार साँझ विश्वप्रख्यात फिल्म फेष्टिभल कान्सको रेड कार्पेटमा रातो पहिरनमा सजिएर सहभागी भएकी हुन् ।
कान्सको रेड कार्पेटमा रातो पहिरनमा सुरक्षा पन्त (फोटो फिचर)

उनी आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ को स्पेशल स्क्रिनका लागि कान्स फिल्म फेष्टिभलमा सहभागी भएकी हुन् । उनी चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा सरिक भइन् ।
कान्समा भाग लिनैको लागि सुरक्षा हिजो दिउँसो इटालीको रोम हुँदै फ्रान्स पुगेकी थिइन् । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ । यसपटक कान्समा दुई इतिहास बनेका छन् । पहिलो, कान्समा छानिने पहिलो नेपाली फिल्म बनेको छ लोरी । दोस्रो, सुरक्षा कान्स रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली अभिनेत्री बनिन् ।









