Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर ५० लाख ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका-४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह, बारा कलैया उपमहानगर-११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवा राम र पर्सा विरगंग-१५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनार रहेका छन्।

उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इमो भाइबर, टिकटक र इन्स्टाग्राम लगायत एप प्रयोग गरी विभिन्न अकाउन्ट बनाएर फ्रेन्ड रिक्वेस्ट पठाउने र जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरु सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले अमेरिका लगायत देशहरूबाट पार्सल स्वरुपा सुनका गरगहना, जुत्ता, औँठी, कपडा लगायतका सामान पठाइदिन्छौ भनेर भन्सार शुल्क, डेलिभरी चार्ज जस्तो प्रयोजनका लागि पैसा उठाउने गरेको पाइएको छ ।

उनीहरूको साथबाट ७ वटा मोबाइल, १६ वटा सीमकार्ड, एटिएम २९ वटा, विभिन्न बैंक खातामा रकम डिपोजिट गरेका रसिद १६ वटा, चेक ४, राहदानी सावरी, चालक अनुमति पत्र र नागरिकता ४ थान पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै