Comments Add Comment

Advertisment

SKIP THIS

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

१ साउन , काठमाडौ । नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् ।

सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।

यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment