गोरखा जीप दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो (नामसहित) -
Comments Add Comment

Advertisment

SKIP THIS

गोरखा जीप दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो (नामसहित)

८ असार ,काठमाडौ । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।

बिहीबार राति दुलहा दुलहीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर जिप शहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको थियो । बेहुलाबेहुलीसहित अर्को दुईवटा गाडी अगाडि गएको र तेस्रो गाडी दुर्घटनामा परेको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनमा १२ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको र अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा सवार दुई जना भने सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment