नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न -
Comments Add Comment

नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न

२९ पुष , काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहको प्रमुख आतिथ्यमा बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवलाई फस्ट एड किट बक्स प्रदान गर्नुभयो ।

कार्यक्रममा महागढीमाई नगरपालिका वडा नम्बर २ र ७ का २ सय २३ जना विपन्न परिवारलाई संघकी अध्यक्ष कुसुमलता सिंह लगायत संघका अन्य सदस्यहरुबाट २/२ थान गरी जम्मा ४ सय ४६ थान न्यानो कम्बल वितरण गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी अस्पताल रूपनी सप्तरीका प्राविधिक प्रहरी उपरीक्षक डा.नविन कुमार चौधरी सहितका विशेषज्ञ टोली र वीरगंज हेल्थ केयर पर्साका डा.मनोज कुमार कुशवाहा समेतको १५ जना विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा ४ सय ३२ जना स्थानीय विपन्न वर्गलाई बाल रोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी लगायत विभिन्न रोगहरूको स्वास्थ्य परिक्षण तथा स्थानीय औषधि निर्माताबाट प्राप्त १ लाख ४२ हजार ५ सय रूपैयाँ बराबरको औषधि तथा मधेश प्रदेश प्रहरी अस्पतालबाट प्राप्त औषधिहरू नि:शुल्क वितरण गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा मधेश प्रदेश प्रहरी अस्पताल रूपनी, सप्तरी र वीरगंज हेल्थ केयर पर्साको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक मसाऊँद आलम खाँको विशेष आतिथ्य रहेको थियो भने महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको सभापतित्व रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds