Comments Add Comment

Advertisment

SKIP THIS

६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

१७ असोज , काठमाडौ । ६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा बसन्तपुर डबलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ३१ जना महिला र १ सय ३३ जना पुरुष गरी जम्मा १ सय ६४ जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।

महानगरीय प्रहरी परिसर र लैङ्गिक हिंसा नियन्त्रण संजाल जिल्ला समिति काठमाण्डौको सयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिका का मेयर विधा सुन्दर शाक्य ज्यूको प्रमुख आतिथ्यतामा प्रहरी नायब महानिरिक्षक उत्तमराज सुबेदी तथा महानगरीय परिसर टेकुका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंह ज्यू समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत आम नागरिकको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment