Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी श्रीमती संघ ३८औं वार्षिकोत्सव अवसरमा खुल्ला रक्तदान कार्यक्रम

३० साउन , काठमाडौ ।  नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमतीसंघ गण्डकी प्रदेश पोखराको आयोजनामा पोखराको चिप्लेढुङ्गा स्थित खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी र नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र के।सी।ले संयुक्त रुपमा नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराकी अध्यक्ष दिपा जोशीलाई रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक जोशीले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ६८ जनाले रक्तदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment