Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको कुपण्डोलबाट प्रहरीले ५ सय किलो पटाकासहित जैसवाललाई पक्राउ

काठमाडौँ । ललितपुरको कुपण्डोलबाट प्रहरीले पटाकासहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१९ घर भएका २८ वर्षीय जितेन्द्र कुमार जैसवाल छन् ।

जैसवालले भाडामा लिएर राखेको गोदामबाट ५ सय किलोभन्दा बढी पटाका र भुईचम्पा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।

आरोपीतलाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै