२ चैत , काठमाडौ । यूएई-श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरी नेपाल लैजाने बताएका छन्।
नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरू बीच भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले मानव तस्कर र दलालहरूलाई केही दिन भित्रै नेपाल लैजाने तयारी गरेको बताए।मन्त्री श्रेष्ठले भने, तपाईंहरु ढुक्क हुनुहोस् र भनिदिनुस्,ुरेड नोटिस जारी गरेर दलालहरूलाई हामी दुबईबाट घिसार्छौँ।ुउनले भिजिट भिसामा काम खोज्न आउनु पर्ने बाध्यकारी अवस्थालाई छिटो भन्दा छिटो समाधान गर्न नेपाल सरकार लागि परेको समेत बताए।
नेपाल(यूएई संयुक्त समितिको बैठकमा भाग लिन गत सोमवार यूएई आइपुगेका मन्त्री श्रेष्ठ आज बुधवार नेपाली श्रमिकहरूको क्याम्प भिजिट गरी उनीहरूको बस्तु अवस्था बारे जानकारी लिने बताएका छन्।उनले अत्यन्तै समस्या परेका नेपाली श्रमिकहरूलाई सिधा सम्पर्क गर्न यूएईको लोकल नम्बर समेत उपलब्ध गराएका छन्। उक्त नम्बरमा सम्पर्क गरी आफ्नो गुनासो र समस्या टिपाउन समेत मन्त्री श्रेष्ठले पीडितहरूलाई आह्वान गरेका छन्।
अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले कोरोना लगायत अन्य कारणले गर्दा आफूले सोचेको जस्तो काम गर्न नसकेको बताए, तर पनि विभिन्न समस्याको बावजुत विमानस्थलमा रहेको श्रम डेक्स हटाइएको, ताहाचाल स्थित वैदेशिक रोजगार कार्यालयमा श्रम स्वीकृत लिनको लागि हजारौँ युवायुवतीहरूको लाइन हटाइ अनलाइन श्रम स्वीकृति दिएको बताए। यूएई लगायत अन्य खाडी मुलुकमा रहेका सन्तानब्बे प्रतिशत कामदारहरू अदक्ष भएकाले समस्या आएको बताउँदै वैदेशिक रोजगारीमा आउनको लागि ७ वटै प्रदेशमा प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको,खाडी मुलुकमा आउने घरेलु कामदारहरूलाई पुनः स्वीकृत लगायत श्रम अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए। उनले दुबईमा भौगोलिक हिसाबले नेपालीहरूको चाप निकै भएकोले उनीहरूको समस्या समाधान गर्नको लागि छिट्टै कन्सुलेट शाखा खोल्ने समेत कार्यक्रममा बताए।







