Comments Add Comment

Advertisment

SKIP THIS

मुस्ताङलाई ५० करोड दिने प्रधानमन्त्रीको घोषणा

१ कात्तिक , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न मुस्ताङलाई झण्डै ५० करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

बुधबार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु सम्वाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपको क्षति रोक्नका लागि एक अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुन लागेको उक्त रकम मुस्ताङ जिल्लालाई उपलब्ध गराउने घोषणा गरेका हुन् ।

जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको बताए ।

जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिँदा जनजीवनमा प्रभाव र इकोसिस्टममा पुगेको असर निकै गम्भीर प्रकृतिको रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment