कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक १० मध्ये ६ जनाको सनाखत -
Comments Add Comment

कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक १० मध्ये ६ जनाको सनाखत

कपिलवस्तु । कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक १० मध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ ।

त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको पनि पहिचान खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुईसय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ७ पुरुष र ३ महिला छन् । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै