Comments Add Comment

Advertisment

SKIP THIS

नायव निरीक्षक कमल VS हवल्दार बिनोद : असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

१२ कात्तिक , काठमाडौ । नगर प्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुवै जना प्रहरीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।

कार्कीले जिल्ला प्रहरी उदयपुरमा कार्यरत रही कर्तव्य ज्यान मुद्धाका प्रतिवादीहरुलाई सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न सफल भएका थिए। ओझाले सुनसरी जिल्लाका बिभिन्न स्थानबाट नक्कली नोटको कारोबार गर्ने तथा जुवाजन्य खेल खेल्ने मानिसहरु पक्राउ गर्न सफल भएको र फरार प्रतिवादी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै