Comments Add Comment

ललितपुर प्रहरीको सफलता : मुर्ती चोर्ने फुच्चे ग्याङ पक्राउ

१२ कार्तिक , काठमाडौ । ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

चोरी आरोपमा प्रहरीले रामेछाप घर भई ललितपुरको गोदावरी नगरपालिका टौखेल बस्ने २४ वर्षीय बिराट राई, २३ वर्षीय विशाल तामाङ र १४ वर्षीय बालक समेत पक्राउ परेका छन्।

उनीहरूले ललितपुर महानगर वडा १९ कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेष्टुरेण्ट, लाइट फोटो स्टुडियो, कोपिके लाफिङ सेन्टर नामक होटलमा चोरी गरेको आरोप छ।

त्यस्तै, टौखेलस्थित रिता थापा क्षेत्रीको घरबाट समेत चोरी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले न्युज24ग्यालेक्सीलाई जानकारी दिए।

उनीहरूबाट चोरीका चकलेट, चुरोट, नगद, जुत्ता, क्यामेरा, मूर्तिलगायत बरामद गरिएको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै