२४ जेठ , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार छिमेकी मुलुक भारत जाने भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ । ‘यता तयारी चलिरहेको छ । प्रधानमन्त्रीज्यू भारत जाने कुरा आएको छ,’ कर्मचारी स्रोतले खबरहबसँग भने, ‘भ्रमणको औपचारिक निर्णय त आज ९बिहीबार० बस्ने मनित्रपरिषद् बैठकले गर्ला ।’
शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बंगलादेशका राष्ट्रपति शेख हसिना, प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने बताइएको छ ।
मोदीले श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघेलाई पनि शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका छन् । उनले मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा पठाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।
मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए । त्यसैको निरन्तरताका लागि प्रचण्ड भारत जान लागेका हुन् ।