भोलिसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह -
Comments Add Comment

Advertisment

SKIP THIS

भोलिसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

१८ असार , काठमाडौ । नेकपा एमालेको सचिवालय बैठकले नयाँ सरकार निर्माणका लागि बुधबारसम्मा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२) को व्यवस्थाबमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमाले र नेपाली कांग्रेसबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment