Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

२८ असार ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बिहान बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वास मतबारे छलफल हुने बताइएको छ ।

यसअघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्रीले विशवासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए । १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो।

उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment