Comments Add Comment

Advertisment

SKIP THIS

जिप दुर्घटना, ३ जनाको हेलिकप्टरद्वारा उद्दार

२ पुष , काठमाडौं । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बा.११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको छ । ४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौँ ल्याइँदैछ । अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार हुँदैछ । बोलेरो जिप सडकबाट ५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै