१३ पुष , काठमाडौं । आरआर क्याम्पसमा विद्यार्थी संगठनका नेताहरुबीच झडप भएको छ । बुधबार स्ववियु निर्वाचनका विषयमा छलफल गर्ने क्रममा निस्किएको विवादले उग्र रुप लिँदा विद्यार्थी नेताबीच झडप भएको हो ।
अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहारबाट ४ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियु आर.आर क्याम्पसका अध्यक्ष मदन भन्डारी ,उपाध्यक्ष लोकेश्व खड्का लगायत रहेका छन् ।
उनीहरूको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।


