Comments Add Comment

Advertisment

SKIP THIS

पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

१२ असार , काठमाडौ । हुलाकी सडकको भिठ्ठामोड–जनकपुरअन्तर्गत जलेश्वर नगरपालिका– ९ आगेपुरस्थित बिगही पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।

गएराति जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल पुलबाट खस्दा जनकपुरधाम– २ का ३० वर्षीय शंकर भनिने दीपेश ढुंगेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

फराकिलो सडकअनुसार कम चौडाइ भएको पुलको चौडाइ आकलन गर्न नसक्दा मोटरसाइकल पुलबाट खसेको प्रारम्भिक अनुमान छ। यद्यपि, घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै