Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीले १११ खुला केन्द्रीय सदस्य छान्दा कति परे महिला

१८ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ जना केन्द्रीय सदस्य छान्दा जम्‍मा ६ जना महिला मात्रै चयन भएका छन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्‍मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् ।

खुल्लातर्फ निर्वाचित हुनेहरुमा पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङ रहेका छन् ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पुर्‍याउने निर्णय गरेको छ । समानुपातिक सूचीमा महिलाहरुको नाम पुरूषको तुलनामा बढी भएतापनि खुलातर्फ भने ६ जना महिलालाई मात्रै निर्वाचित गरेको हो ।

अब खुलातर्फ ३४ जना निर्वाचित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment