१७ बैशाख , काठमाडौं । अछाममा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको मृत्यु भएको हो ।
घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल रहेका छन् । घाइते सबैको अवस्था सामान्य रहेकाे छ ।





