Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम सारियो

नेपाल प्रहरीमा हालै नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम सारिएको छ ।

यसअघि आज २ बजे दर्ज्यानी चिह्न प्रदान गर्ने तय भएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार २ बजे दर्ज्यानी चिह्न प्रदान गरिने तय भएको छ । गृह मन्त्रालयबाट निर्णय नआइसकेकाले दर्ज्यानी चिह्न प्रदान गरिने मिति सारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यद्यपि, बढुवाका विषयमा कुनै समस्या नरहेको ती अधिकारीले जानकारी दिए ।

गृह मन्त्रालयले गत ८ असारमा प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वसन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य छैटौं, सातौंमा यसअघिको बढुवामा पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी छन् ।

बढुवा सिफारिस हुनेहरुमा क्रमशः सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा छन् । स्राेत : पर्दाफास बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै