Comments Add Comment

Advertisment

SKIP THIS

कोहलपुर बाँकेबाट चोरीएको बाईक सहित एक जनालाई स्वयम्भूबाट ट्राफिक प्रहरीले पक्राउ

चैत्र ०४, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाण्डौको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं. २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्वरको कालो रंङको २०० सी.सी.को पल्सर एन एस मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

निज सिंहले मिति २०७८।१२।०२ गते यातायात व्यवस्था कार्यालय बागमतीले संचालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति-पत्र A वर्गको परिक्षामा जिल्ला बाँके खजुरा वडा नं. ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत खुल्न आएको छ ।
वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाईकल आशिष गुरूङ्गको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।
नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै