Comments Add Comment

Advertisment

SKIP THIS

धवलागिरिले छात्रवृत्तिमा चिकिसत्सक र इञ्जीनियर पढाउने

१८ जेठ , काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेर चिकित्सक र इञ्जीनियर पढाउने भएको छ ।

मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा मङ्गलबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो ।

उत्कृष्ट एक–एक विद्यार्थीलाई चिकित्स र इञ्जीनियर बन्न अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले जानकारी दिए ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गाउँपालिकामा चिकित्सक, इञ्जिनियरलगायत प्राविधिक जनशक्तिको कमी भएकाले ती विषय अध्ययनका लागि कार्यबिधी बनाउने र बजेट व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment