Comments Add Comment

Advertisment

SKIP THIS

न्यायपालिका शुद्धीकरण अभियान सुरु

२४ मंसिर काठमाडौ । मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ ।

विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो । त्यसैगरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका लागि दबाब दिएका छन् ।

त्यस क्रममा समाजका पूर्वसभापति एवं अधिवक्ता होमकान्त चौलागाईं, पूर्वसभापति उत्तम पुडासैनी, सभापति गोविन्द खनाल, महासचिव रामकृष्ण बराल, काठमाडौँ शाखाका कार्यवाहक सभापति भगवान पुडासैनीलगायत मानवअधिकारकर्मीले न्यायपालिकाको शुद्धीकरण अभियानमा सहयोग गर्न राजनीतिक दललाई पनि आग्रह गर्नुभएको थियो ।

उहाँहरुले अदालत शुद्ध नहुँदा सर्वसाधारणले न्याय पाउन नसकेको आरोप समेत लगाउनुभयो । न्यायपालिका शुद्ध र पारदर्शी नभएसम्म मानवअधिकारको पालना हुन नसक्ने भएकाले यो अभियान सुरु गरिएको र यसलाई देशैभरि पुर्याइने समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment