
९ वैशाख , काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा भोलि उच्च अदालत पाटनमा पेसी तोकिएको छ । न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरेमा यसै साता फैसला आउन सक्छ ।
अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले सुनुवाइ सुरु गरे पनि हेर्दाहेर्दैमा राखेन । न्यायाधीशद्वयले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।
स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ । जिल्ला अदालतमा जस्तै उच्चमा पनि सन्दीपको मुद्दाबाट न्यायाधीशहरु भागाभाग नहोलान् भन्न सकिने अवस्था छैन ।
उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१र३र१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ । अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ । वडाको पत्र पहिलेभन्दा अझै बढी ‘स्ट्रेट फरवार्ड’ रहेको अदालत स्रोतले बतायो ।
अघिल्लो सुनुवाइमा सरकारी वकिलले फेरि जन्ममितिको विषय खोतलेका थिए । घटना हुँदा पीडित नाबालिग नै रहेको दोहोर्याउँदै उनीहरुले सन्दीपलाई जिल्ला अदालतले सुनाएको सजाय कम भएको तर्क गरे । सन्दीपका तर्फबाट भने एक जना वकिल मुरारी सापकोटाले मात्रै बहस गरेका थिए । उनले बलात्कार ठहरिने कुनै पनि आधार-प्रमाण नभएको भन्दै सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुपर्ने माग गरे ।
स्रोतका अनुसार न्यायाधीश सुरुबाटै सुनुवाइलाई निरन्तरता नदिने सोचमा देखिन्थे । एक न्यायाधीशले बहसको प्रारम्भमा नै ‘केही आदेश गर्नुपर्नेछ रु’ भनेर सोधेका थिए । जवाफमा सन्दीपका वकिलले ‘बहस नसुनिकन आदेशको कुरा कसरी आयो’ भन्दै प्रतिवाद गरे ।
प्रतिवादी ९गौशाला २६० पक्षले सन्दीपलाई कम्तीमा विश्वकप क्रिकेट खेल्न नदिने उद्देश्यसहित मुद्दा लम्ब्याउन खोजेको आशंका उनका कानून व्यवसायीले गरेका छन् ।
एक कानून व्यवसायीले भने, ‘सकेसम्म सन्दीपलाई दोषी प्रमाणित गर्ने र त्यो नसके पनि कम्तीमा विश्वकप खेल्नबाट वञ्चित गर्ने उद्देश्य देखिन्छ । तर, हामी उच्च अदालतले छिटो फैसला गरेर सन्दीपलाई न्याय दिनेमा आशावादी छौं ।’
नेपालसमेत सहभागी हुने टी(२० विश्वकप जून २ बाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासका अनुसार आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको नाम आईसीसीलाई पठाइसक्नुपर्ने हुन्छ ।
उनले भने, ‘त्यो भन्दा पछि आपतकालीन अवस्थामा मात्रै स्क्वाडमा हेरफेर गर्न सकिन्छ, अन्यथा त्यही नै अन्तिम हो ।’
यदि मे १ भन्दा अगाडि सन्दीपको पक्षमा फैसला आएको खण्डमा नेपाल क्रिकेट संघले उनको फिटनेस टेस्ट लिएर स्क्वाडमा समावेश गर्न सक्छ । त्यसैले क्यानका पदाधिकारीहरु पनि छिटो फैसलाको पर्खाइमा छन् । सन्दीपको अनुपस्थितिमा नेपाली टीमले हालै एसीसी प्रिमियर कपमा आशातित परिणाम ल्याउन सकेन । समर्थकहरुले क्रिकेट टीममा सन्दीपको अभाव महसुस गरिरहेका छन् ।
सन्दीप निकट स्रोतका अनुसार उनी अदालतबाट सफाइ पाएर विश्वकप खेल्नेमा उच्च आशावादी छन् । यही आशामा उनले आफ्नो फिटनेसमा पनि ध्यान दिइरहेको र नियमित व्यायामहरु गरिरहेको स्रोतले बतायो ।
‘शारीरिक र मानसिक दुवै हिसाबले तत्काल मैदानमा फर्किन सक्ने अवस्थामा हुनुहुन्छ’, स्रोतले भन्यो ।
आफ्नो अनुपस्थितिमा नेपाली टीमले खेलेका प्रत्येक खेलहरु सन्दीपले अपडेट गरिरहेका हुन्छन् । नेपाल एसिया कपमा छनोट हुन नसकेकोमा उनी खिन्न छन् ।