टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै -
Comments Add Comment

Advertisment

SKIP THIS

टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै

२० असार , काठमाडौ । टी–२० विश्वकप विजेता भारतीय टोलीलाई आज मुम्बईमा भव्य स्वागत गरिने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई आज विजयी र्‍याली गराइने भएको हो । क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म विजय उत्सव मनाउँदै र्‍यालीमा सहभागी गराइने छ ।

वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment