Comments Add Comment

Advertisment

SKIP THIS

स्वरूप परिवर्तन गरी सडकमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल कास्की प्रहरीको नियन्त्रणमा

कास्की: स्वरूप परिवर्तन (मोडिफाई) गरी सडकमा ध्वनि प्रदूषण गर्दै हिँड्ने २२ मोटरसाइकललाई कास्की प्रहरीले पोखराका विभिन्न भागबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट आइतबार खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाअन्तर्गतका विभिन्न स्थानहरूमा चेकजाँचका क्रममा ती मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।

कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकका अनुसार स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई आवश्यक कारबाहीसँगै परिवर्तन गरिएको स्वरूप हटाई अभिभावकको रोहवरमा जिम्मा लगाई आइतबारै छाडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै