Comments Add Comment

Advertisment

SKIP THIS

सट्टाबाजी खेलाएको आरोपमा ४ जना पक्राउ

१४ पुष , काठमाडौं । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार-जितको लागि अनलाइन भोटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

ब्राउन सुगर सहित ४ जना पक्राउ

अवैध लागूऔषध सहित ४ जना पक्राउ

लागूऔषधसहित ४ जना पक्राउ