Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्यो

२९ साउन , काठमाडौ । आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment