Comments Add Comment

Advertisment

SKIP THIS

आगलागी नियन्त्रण

२५ फागुन, काठमाडौं । आइतबार साँझ काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर स्थित भारत मोतिहारी घर भई हाल सोही टहरामा बस्दै आएको बर्ष ४५ को रहिस मन्सुरीले सञ्‍चालन गरेको सिरक डसना बनाउने टहरामा बिद्युत सर्ट हुन गई आगलागी भएको छ ।

No description available.

आगलागी भएको सूचना प्राप्‍त हुनासाथ तत्काल महानगरीय प्रहरी परिसरबाट प्रहरी उपरीक्षक, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र प्रहरी बृत्त बौद्दबाट प्रहरी नायव उपरीक्षकहरू, प्रहरी बृत्त गौशाला, महाराजगञ्‍ज र प्रहरी प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षकसहितक  १२५ जना नेपाल प्रहरी त्यस्तै गरी नेपाली सेना कालीदल गण, गौचरबाट उप-सेनानीसहितको ३७ जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल, बिपद गण गौचरबाट-९ जना सुरक्षाकर्मी परिचालित भई ४ वटा दमकल जुद्ध बारुणयन्त्र काठमाडौं ,भक्तपुर र ललितपुरको साहेताबाट रातिको समयमा आगो पूर्ण रुपमा नियन्त्रण लिन सफल भएको छ ।

No description available.

टहरा र सँगै रहेको दिनेश श्रेष्‍ठको ५ तल्ले घर समेतमा गरी अक्षरेपी चौतीस लाख बराबरको क्षति भएको अनुमान गरिएको छ भने मानबीय क्षति नभएको महानगरीय प्रहरी बृत्त बौद्दले जनाएको छ । घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बौद्दबाट थप अनुसन्धान भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै