Comments Add Comment

तस्करी तथा सीमा अपराध नियन्त्रणमा केन्द्रित रहेर काम गर्न डिआईजी श्याम ज्ञवालीको निर्देशन

२६ माघ , काठमाडौ । १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले इलाका प्रहरी कार्यालय रंगेलीको अनुगमन गर्नुका साथै रंगेली नगरपालिका स्थित नजिकमा रहेका भारतिय सिमा नाका चोप्रा लगायतका स्थानहरुमा स्थलगत अनुगमन गर्नुभयको छ् ।

डिआईजी ज्ञवालीले तस्करी तथा सीमा अपराध नियन्त्रणमा केन्द्रित रहेर काम गर्न प्रहरी कर्मचारीहरूलाई थप सक्रिय हुन निर्देशन दिनुभएको छ । उहाँले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै