Comments Add Comment

Advertisment

SKIP THIS

मापदण्ड विपरीत सञ्चालित स्विमिङ पुलको सेवा बन्द

४ असार , काठमाडौँ । जिल्ला प्रहरी कार्यालय भैरहवाले पौवा होटेलको स्विमिङ पुलको सेवा बन्द गरेको छ ।

शुक्रबार पौवा होटलस्थित स्विमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएपछि प्रशासनले मापदण्डहीन स्विमिङ पुल सञ्चालनमा रोक लगाएको हो ।

स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका थिए। होटेलबाट कुनै पनि प्रकारको सुरक्षाको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिन सबै स्विमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन् ।

मृतकको शव हाल भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटेल सञ्चालक र प्रहरीबीच छलफल जारी छ।

दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै