Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर-१ साङ्ला फाटमा पहिरो, एक घरमा क्षति

तारकेश्वर । निरन्तर परिरहेको अविरल वर्षाका कारण तारकेश्वर नगरपालिका–१ साङ्ला फाट क्षेत्रमा शुक्रबार बिहान ठूलो पहिरो गएको छ । पहिरो गएपछि स्थानीय बस्ती नै डुवानमा परेको थियो ।

घटना भएको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीय वडाको सक्रियतामा तत्कालै उद्धार तथा पहिरो हटाउने काम गरिएको थियो । मेसिनरी डोजरको सहायतामा बाटो खुलाउने र पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनामा मानवीय क्षति नभए पनि एक घरमा भौतिक क्षति पुगेको पुष्टि गरिएको छ । घरका सदस्यहरू सुरक्षित रहेको र अन्य घरहरूलाई पनि सम्भावित जोखिमको आधारमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्थानीयवासीहरूले अझै वर्षा जारी रहेकाले थप पहिरोको खतरा बढ्न सक्ने भन्दै सरकारसँग द्रुत राहत तथा स्थायी समाधानको माग गरेका छन् । पहिरो जानुमा तारकेश्वर नगरपालिकाले खोलाको करिरोडको सिमाना नबनाउनुमा पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै