Comments Add Comment

Advertisment

SKIP THIS

मलेसियामा पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

१ पुष , काठमाडौँ । मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ । घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो ।

सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिन्छ । करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताए । यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment